जङ्गलमा बस्दै आएका विदेशी पर्यटकले छाडे सिमली जङ्गल

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–९ को सिमली जङ्गलमा बस्दै आएका विदेशी पर्यटकले उक्त स्थान छाडेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले फागुन ८ गते २४ घण्टाभित्र ठाउँ छाड्न निर्देशन दिएको थियो, तर उनीहरूले शुक्रबार उक्त स्थान छाडेका हुन् ।

२८ दिन पहिले भारत, अमेरिका, चीन, जापानलगायत देशका करिब १५० जना विदेशी नागरिक सो जङ्गलमा बसोबास गरेर अस्वाभाविक गतिविधि गर्दै आएका थिए । स्थानीयले त्यसको गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखसहितको समूहले स्थलगत अनुगमन गरी ठाउँ छोड्न निर्देशन दिएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सरकारी जङ्गलमा कुनै पनि निकायबाट अनुमति नलिई बसेकाले उनीहरूलाई ठाउँ छोड्न २४ घण्टाको समय दिए पनि पर्यटन भिसामा आफूहरू नेपाल आएको र समुदायलाई असर पर्ने गरी कुनै काम नगरेको भन्दै उनीहरूले २८ दिनमा ठाउँ छोड्ने बताएका थिए ।

Dadeldhura hospital

प्रजिअको निर्देशनपछि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरीको समूह उक्त ठाउँमा पुगेर खाली गराउने प्रयास गरेपछि केही दिनभित्र आफैँ छाडेर जाने भनेपछि प्रहरी खाली हात फर्केका थिए । उनीहरू त्यहाँ २८ दिन बस्ने गरी आएका थिए । उनीहरू शुक्रबार आफ्नो गन्तव्य तिर लागेको घोडाघोडी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर रावतले बताए ।

उनका अनुसार आफू जङ्गलमा पुग्दा उनीहरू जाने तयारीमा आफ्नो बन्दोबस्तीका सामान मिलाउँदै थिए । उनले सिमली जङ्गलमा लामो समय विदेशीहरू बसे पनि कुनै असर पर्ने गतिविधि नगरेको बताए । उनीहरूलाई बिदाइ गर्न नगरप्रमुख रावत वडा नम्बर ९ का वडाध्यक्ष हरिशचन्द्र शाह, पर्यटन व्यवसायी लगायत सिमली पुग्नु भएको थियो ।

विकीपिडियाका अनुसार रेन्बो फ्यामिली एक स्वतन्त्र, प्राकृतिक जीवनशैली अपनाउने र शान्तिको पक्षमा उभिने समुदाय हो । यसको इतिहास १९७० को दशकको अमेरिकी हिप्पी आन्दोलनबाट सुरु भएको र हाल यो विश्वभर फैलिएको छ । सन् १९८० र ९० को दशकमा अमेरिका बाहिर युरोप, ल्याटिन अमेरिका र एसियामा पनि यस्ता जमघट हुन थालेको बताइन्छ ।

रेन्बो ग्यादरिङको उद्देश्य स्वतन्त्र, नियमविहीन, पैसारहित र समुदायमैत्री जीवनशैली अपनाउनु रहेको बताइन्छ । नेपालमा यसअघि अछामको रामारोशन, गुल्मीमा यो समुदायको जमघट भएको बताइन्छ ।

पर्यटन व्यवसायी डबल शाहले नेपालमा रेम्बो फ्यामिलीलाई सन् २०२५ मा घोडाघोडी ल्याउन पहल गर्नुभएको थियो । पर्यटन व्यवसायी शाहकै मध्यस्थतामा घोडाघोडी नगरपालिकाको आयोजनामा सांस्कृतिक आदानप्रदान कार्यक्रमसमेत गरिएको थियो ।

Loading...