कञ्चनपुरमा चार लेन पुलको तटबन्ध निमार्णका लागि विरोध

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथि बनेको चार लेन पुलको तटबन्ध निमार्णका लागि विरोध गरिएको छ। पुलको तटबन्ध (बाँध) भत्किएको महिनौं बिति सक्दा समेत सम्बन्धित निकायले निर्माण कार्यमा ध्यान नदिएको हुनाले दबाब स्वरुप विरोध प्रदर्शन गरिएको स्थानीयले बताएका छन् ।

शनिवार बिहान विरोध प्रदर्शन हुँदा आधा घण्टा सडक अवरुद्ध भएको थियो । अहिले भने सडक सुचारु भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गत भदौमा महाकाली नदीमा आएको बाढीले निर्माणाधीन चार लेन महाकाली पुलको तटबन्ध भत्काएको थियो। भत्किएको तटबन्ध समयमै पुनर्निर्माणका लागि स्थानीयले असोजदेखि नै माग अघि सार्दै आइरहेको भएपनि अहिले सम्म निर्माण भएको छैन् ।

Loading...