

धनगढी- अपाङ्गताका क्षेत्रमा कलम चलाए वाफत कैलालीका दुई जना पत्रकार सम्मानित भएका छन् । कैलाली पत्रकार महासंघका कार्य समिति सदस्य एवं अत्तरियाबाट प्रकाशित हुने अग्नी पोष्टका कार्यकारी सम्पादक कैलाश जोशी र नेपाल प्रेस अनलाईन कैलाली संवाददाता भानुभक्त आचार्य सम्मानित भएका हुन । शनिबार सर्वाङ्गिण अपाङ्गता विकास समाज नेपालको ८ औँ वार्षिक साधारण सभा तथा ४ अधिवेशनमा पत्रकार द्वय सम्मानित भएका हुन ।




कार्यक्रमका अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दैवज्ञराज न्यौपाने र गैसरकारी संस्था महासंघ कैलालीका अध्यक्ष चेतमान साउँदले कदरपत्र सहित खादा र माला लगाएर सम्मान गरेका हुन । यस्तै गरी अपाङ्ग क्षेत्रका अभियन्ता भीमबहादुर शाह र रुपा राईलाई पनि सम्मानित गरेको हो।


कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत न्यौपानेले अपाङ्ग भएका व्यक्तिहरूको अधिकारका लागि आयोग प्रतिबद्ध रहेको बताए । त्यस्तै गैसरकारी संस्था महासंघ कैलालीका अध्यक्ष साँउदले अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्यले आर्यआर्जनका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा अपाङ्ग क्षेत्रका अभियान्त भिमबहादुर शाह, रुपा राई, पत्रकार कैलाश जोशी, भानुभक्त आचार्य र गगन अयडीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सर्वाङ्गिण अपाङ्गता विकास समाजका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक नन्दराज भट्टले गरेका हुन् । समाजको आजै नै नयाँ नेतृत्व पनि चयन गर्ने छ ।

