धनगढीका नगर प्रमुख हमालको नामको ‘फेक आइडी’

धनगढी- कैलालीस्थित धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको फेक आइडी बनार राजावादीहरूले प्रचार गरिरहेका पाइएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहीको तस्विरसमेत राख्दै ‘गोपी हमाल’ नामबाट फेसबुकको आइडी बनाइएको हो ।

नगर प्रमुख गोपाल हमालले फेक आइडीमार्फत अनावश्यक पोष्ट गरिएको पाइएको बताएका छन् । उनले फोनमार्फत फेक आइडी र फोटो प्रयोग भएको जानकारी पाएको बताएका हुन् ।

Navadurga sun

उक्त आइडीको बायोमा नै ‘पार्टीको झोला बोक्न छोडौ, नेपाली झण्डा बोकेर नेपाली भनौ, नेपाली बनौ’ लेखिएको छ। काठमाडौँमा राजावादीहरूको आन्दोलन उग्र बनेका बेला धनगढीका नगर प्रमुख हमालको नाममा पनि फेक आइडी खोलिएको पाइएको हो । हमालले उक्त आइडी आफ्नो नभएको र कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...