कञ्चनपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भिड नियन्त्रण अभ्यास

कचनपुर- कञ्चनपुरमा भिड नियन्त्रण (व्यवस्थापन) सम्बन्धी अभ्यास गरिएको छ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रुपमा सो अभ्यास गरेका हुन् ।

शुक्रबार बिहान भीमदत्त नगरपालिकाको खुला मञ्चमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी बल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरले संयुक्त रुपमा आयोजना गर्दै भीड नियन्त्रण सम्बन्धी डेमो अभ्यास सञ्चालन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेल रहेका थिए ।

Navadurga sun

उक्त अभ्यास जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी र सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टको उपस्थितिमा गरिएको थियो ।

भिड नियन्त्रण तथा आपत्कालीन परिस्थितिमा दुवै सुरक्षा निकायको समन्वयात्मक क्षमताको परीक्षण तथा सुधार गर्ने उद्देश्यले आयोजित अभ्यासमा नेपाल प्रहरीका ३५ जना र सशस्त्र प्रहरी बलका ३५ जना गरी ७० जनाको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...