राजावादीहरूले प्रर्दशन गरिरहेको तीनकुनेमा एउटा घरमा आगजनी

काठमाडौं- उग्र बनेका राजावादीहरूले तीनकुनेमा एउटा घरमा आगजनी गरेका छन् ।

आगजनीबाट उक्त घर जलेको छ । राजवादीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका हुन् ।

उनीहरूले व्यक्तिका घर, पसलमा ढुंगामुडा प्रहार गर्दै सरकार विरुद्ध नाराबाजी गरिरहेका छन् । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भएको छ ।

झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ । राजावादी समर्थकहरू कार्यक्रम स्थल छोडेर बाहिर प्रदर्शन गरिरहेका छन् । उनीहरू माथि प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ ।

Loading...