कञ्चनपुरबाट भन्सार छलीको बिडी र सुर्ती बरामद

कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीको बिडी र सुर्ती लगायतका बरामद गरिएको छ। भीमदत्त नगरपालिका–१७ बाँसखेडा र बेलौरी नगरपालिका–७ पौलाहबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ९३ हजार ४ सय बराबरको भन्सार छलीको सामान बरामद गरिएको हो।

भन्सार छलीको पेय पदार्थ, बिडी, सुर्ती, पाईन्ट, मेक्सि, कुर्ती, फ्रक लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...