नेकपा एमालेको जरा अभियान अन्तर्गत गोदावरीमा प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ : नगर सचिव बिष्ट

अत्तरिया- नेकपा एमालेले केन्द्रबाट जारी गरेको तीन महिने वडा केन्द्रित पार्टी निर्माण (जरा) अभियान अन्तर्गत गोदावरी नगरपालिकामा प्रभावकारी रूपमा अभियान सञ्चालन भइरहेको छ । नगरका १२ वटै वडामा अभियान सुरु भइसकेको र टोलस्तरमै संगठन निर्माण तथा जनताको गुनासालाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाइएको नेकपा एमाले गोदावरी नगर कमिटी सचिव विक्रम बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार, टोल कमिटी गठन, गठन भएका टोलहरूमा प्रशिक्षण, र जनतासँग सिधा सम्पर्कमा रहेर उनीहरूको गुनासालाई आत्मसाथ गर्दै काम भइरहेको छ । “ग्रासरुट अभियान प्रभावकारी थियो, तर जरा अभियानलाई अझ प्राथमिकता दिइएको छ,” बिष्टले भन्नुभयो, “मिशन चौरासीलाई सफल पार्ने उद्देश्यले हामी केन्द्रित भएर अघि बढिरहेका छौँ,उनलेे भने”।

Navadurga sun

नगर सचिव बिष्टले जनताबाट प्राप्त सुझाव तथा गुनासाहरू मुख्यतः पूर्वाधार, बिजुली पोल, खानेपानी, शिक्षा, र स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेको जानकारी दिनुभयो । उहाँले यी जनगुनासालाई समेटेर आगामी निर्वाचन र एमालेकाे नेतृत्व नेतृत्वसम्म पुर्‍याइने बताउनुभयो । आगामी सरकार बनाउने लक्ष्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनु भएको थियो ।

वडा र टोलस्तरमा गठन भएका कमिटीहरूले प्रभावकारी ढंगले काम गरिरहेको र केही वडाहरूमा अभियान सम्पन्न भइसकेको पनि उहाँले बताउनुभयो । अभियानमा जिल्ला र प्रदेशस्तरबाट खटिएका इन्चार्जहरूले समेत सक्रिय भूमिका निर्वाह गरिरहेको र अग्रज नेताहरूको समेत सहकार्यमा कार्यक्रम सफल बन्दै गएको उहाँले बताउनुभयो ।

“१२ वटै वडाको जिम्मेवारीमा रहेर काम गर्दा सबै वडाले महत्त्वपूर्ण भूमिका खेलेका छन्, जुन कुराले मलाई गर्व र खुसी दिएको छ,” नगर सचिव बिष्टले भन्नुभयो। उहाँले उत्कृष्ट वडाहरूको मूल्याङ्कन गरिने र योगदानकाे कदर सम्मान गरिने पनि बताएका थिए । 

बिष्टका अनुसार, यो अभियान केवल संगठन निर्माणमा सीमित नभई देशको दिशा तय गर्ने अभियानसमेत हो । त्यसैले पार्टीले यसलाई विशेष महत्त्वका साथ अगाडि बढाइरहेको छ । नगर सचिवको हैसियतले आफूले अभियानलाई सफल बनाउने र आगामी निर्वाचनमा पार्टीको पक्षमा सरकार निर्माण गर्ने लक्ष्यमा केन्द्रित भएको समेत उहाँले बताउनुभयो ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...