

कञ्चनपुर- कञ्चनपुरबाट चोरीका २ ट्याक्टर सहित चालकहरू पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाको संयुक्त टोलीले भारतीय नम्बरका ट्याक्टर सहित चालकहरुलाई पक्राउ गरेको हो ।




जिल्लाको बेलौरी नगरपालिका– १० सडकघाटबाट भारतीय यूपी२०बिएच २४१५ र आरएलएफ २ एमबि ४१७६९ नम्बरका ट्याक्टरहरु नियन्त्रणमा लिइएको छ ।


जिल्ल मुरादावाद भोजपुरका २३ वर्षीय साजी दलेल र सोहि ठाँउका मिठ्ठु सिंहलाई नियन्त्रणमा हो । ट्याक्टर सहित उनीहरूलाई भन्सार कार्यालय पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ ।

