प्रेस चौतारीको अध्यक्ष बन्न ३५ हजार शुल्क

काठमाडौं- नेकपा एमालेको भातृ संगठन प्रेस चौतारी नेपालको १०औं महाधिवेशनबाट हुने नयाँ नेतृत्व चयनका लागि तोकेको उम्मेद्वारी शुल्कको विषयलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ । प्रेस चौतारीले आफ्नो अध्यक्ष बन्नका लागि ३५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेपछि अहिले यसको चौतर्फी विरोध र आलोचना भइरहेको हो ।

प्रेस चौतारी नेपालको निर्वाचन आयोगले निर्वाचन सम्बन्धी सूचना जारी गर्दै अध्यक्षको उम्मेद्वारका लागि ३५ हजार, पदाधिकारीका लागि २५ हजार, आयोगको अध्यक्षका लागि १५ हजार र कार्यसमिति सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकेको छ । यो शुल्कको विषयमा अहिले प्रेस चौतारीकै नेता कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत् आलोचना गरिरहेका छन् ।

Navadurga sun
Godawari sandesh

यस्तै, कार्यसमिति निर्वाचनका लागि अध्यक्षको उम्मेदवारी दर्खास्त फारम शुल्क ३५ हजार रुपैयाँ तोकेको छ भने पदाधिकारीका लागि २५ हजार रुपैयाँ तोकेको छ । यस्तै, आयोगका अध्यक्षको १५ हजार रुपैयाँ, सदस्यका लागि १० हजार रुपैयाँ तोकेको जनाएको छ । अध्यक्षको मूल्य किन बढी भएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै पत्रकार तथा प्रेस चौतारीका नेता पत्रकार मोहन बास्तोलाले प्रेस चौतारी नेपाल श्रमजिवी पत्रकारहरुको संगठन भएकोले उम्मेद्वार नै बन्न यति धेरै शुल्क तिर्नुपर्ने भएकोले यो श्रमजिवीहरुको संगठन नभएको तर्क राखेका छन् । उनले बाइलाइनवाला पत्रकारको यो संगठन नभएको प्रष्ट पारेको धारणा राखेका छन् ।

Dadeldhura hospital

सामाजिक सञ्जालमा शुल्कको विषयमा विरोध हुँदा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले भने यो निर्वाचन आयोगले नै आफ्नै नीति–नियम तथा कार्यविधिअनुसार तोकेको शुल्क भएको बताए ।

‘उम्मेद्वारको शुल्क तोक्ने हामीले होइन, आयोगले आफ्नै कार्यविधिमा रहेर निर्वाचन तालिका सार्वजनिक गरेको हो र सोही ढंगले शुल्क पनि तोकेको हो, यो कुनै नौलो कुरा हैन, अघिल्लो महाधिवेशनबाटै यो लागू भएको हो,’ उनले भने ।

विराटनगरमा जारी १० औं राष्ट्रिय महाधिवेशनबाट प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदानको समय न तोकी तालिका सार्वजनिक गरेको छ । नयाँ कार्यसमितिमा एक सय बढी उम्मेद्वार छन् ।

जम्मा ९९ जनाका लागि हुने चुनावमा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, एक उपाध्यक्ष (महिला), एक जना महासचिव, एक जना उपमहासचिव, तीन जना सचिव, एक जना कोषाध्यक्ष र ९० जना सदस्य गरी कुल ९९ जना उम्मेद्वार बन्नेछन् ।

अध्यक्षका लागि मात्रै तीन जना प्रतिस्पर्धामा देखिएका छन् । यति धेरै उम्मेद्वारबाट प्रेस चौतारीले लाखौं शुल्क संकलन गर्नेछ । ९९ पदका लागि हुने निर्वाचनमा प्रत्येक पदमा दुई जनाको उम्मेद्वारी परे पनि २३ लाख  रुपैयाँ शुल्क असुल हुने देखिन्छ ।

Loading...