

अत्तरिया- कैलालीको गोदावरी स्थित एलएस वाटर तथा वेवरेज प्रालिको लोकप्रिय ब्राण्ड ईम्जा पानीले खाद्य सुरक्षा व्यवस्थापन प्रणाली (Food Safety Management System) आईएसओ २२००० को प्रमाणित मान्यता प्राप्त गरेको छ । यसले ईम्जा पानीको गुणस्तर र सुरक्षामा अन्तर्राष्ट्रिय मानक पूरा गरेको प्रमाणित भएको हो ।


कम्पनी म्यानेजर अनिलकुमार रावतले यो प्रमाणित मान्यताले उपभोक्ताहरुमा ईम्जा पानीप्रतिको विश्वास र सुरक्षा बढाउने बताए । उनले भने, “यसले हाम्रो उत्पादन प्रक्रियामा खाद्य सुरक्षाको अन्तर्राष्ट्रिय मानक पूरा गरेको देखाउँछ । उपभोक्ताहरूका लागि यो अझ सुरक्षित र विश्वसनीय छ ।”




ईम्जा पानी ५०० एमएल, १ लिटर र क्लासिकल १ लिटरको प्याकेजमा बजारमा उपलब्ध छ । यसका साथै कम्पनीले विभिन्न प्रकारका जुस पनि बजारमा ल्याएको छ ।
आईएसओ २२००० प्रमाणित मान्यता प्राप्त गरेपछि ईम्जा पानीले बजारमा अझ प्रतिस्पर्धात्मक रूपमा आफ्नो स्थान कायम गर्ने अपेक्षा छ । यसले न केवल उपभोक्ताहरूको विश्वास बढाउँछ, तर नेपाली बजारमा गुणस्तरयुक्त पेय जलको माग पूरा गर्न पनि मद्दत गर्नेछ ।
कम्पनीले आफ्नो उत्पादन प्रक्रियामा निरन्तर सुधार गर्दै उपभोक्ताहरूको आवश्यकता अनुरूप गुणस्तरयुक्त उत्पादन प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ ।

