अछाममा बन्यो १२५ मिटर उचाइको झोलुङ्गे पुल

अछाम- सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी उचाईमा मेल्लेख गाउँपालिकाको ऋषिदहमा झोलुङ्गे पुल निर्माण भएको छ । मेल्लेख गाउँपालिका १ ऋषिदहको लिफ्रु देखि वडा नम्बर २ डाँडाँश्री जोड्न झोलुङ्गे पुल निर्माण भएको हो ।

शहरी विकास मन्त्रालायको डेढ करोडको लागतमा बनेको पुलको लम्बाई २७८ मिटर र उचाई करिब १२५ मिटर रहेको छ । लिफ्रु खोलामा निर्माण भएको पुल सुदूरपश्चिममै अग्लो भएको खम्पाचे चन्द्रोदय जेविका प्रमुख कर्ण बिष्टको भनाइ छ । २०७८ असार महिनामा सम्झौता भएको पुल निर्माणको काम माघ महिनामा सम्पन्न भएको हो ।

Navadurga sun

लिफ्रु खोलामा झोलुङ्गे पुल निर्माण भएपछि लिफ्रुडाँडाँश्रीका स्थानीयको यात्रा अवधि छोटिएको छ । लिफ्रुडाँडाँश्री आवत–जावत गर्न कम्तीमा पनि दुई घण्टा समय लाग्ने गरेकोमा अहिले २० मिनेटमा डाँडाँश्रीबाट लिफ्रु पुग्ने गरेको स्थानीय बुद्धि धामीको भनाइ रहेको छ ।

‘भारी बोकेर डाँडाँश्री जाँदा उकालाको बाटोमा यात्रा निकै असहज हुँदै आएको थियो’ धामीले भने, ‘अहिले लिफ्रु खोलामा झोलुङ्गे पुल निर्माण भएपछि आवतजावत सहज हुनुका साथै समय बचत भएको छ ।’ उनले खोलाको बाटो भएर डाँडाँश्री जाँदा समस्या हुँदै आएकोमा झोलुङ्गे पुल बनेपछि सहज भएको उनको भनाइ छ।

पहिले घाँसका भारी, अन्य सामग्री बोकेर डाँडाँश्री हिडेर जाँदा समस्या हुने गरेकोमा अव झोलुङ्गे पुल बनेपछि सहज भएको धामीको भनाइ छ । मेल्लेख गाउँपालिका वडा २ का वडा अध्यक्ष कुशलराज बुढाले लिफ्रु खोलामा झोलुङ्गे पुल निर्माणले लिफ्रुदेखि डाँडाँश्री एक आपसमा जोडिएको बताए ।

मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउँदले लिफ्रुदेखि डाँडाँश्रीमा अग्लो उचाइमा बनेको पुलको अवलोकन तथा ऋषिदहको पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गर्ने अध्यक्ष भलिवल कप प्रतियोगिताको आयोजना गरेको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...