

धनगढी- धनगढीमा विश्व क्षयरोग दिवसको अवसरमा सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम गरिएको छ । ” हो हामी क्षय रोगको अन्त्य गर्न सक्छौं, लगानीको प्रतिबद्धता, सेवा प्रवाहको सुनिश्चितता र आजको आवश्यकता ” भन्ने मूल नाराका साथ गरेको कार्यक्रममा क्षयरोगको वर्तमान अवस्थाबारे जानकारी दिइएको थियो ।


स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा विश्व क्षयरोगको अवस्था, न्यूनीकरणका चुनौती, उपचारको उपलब्धता, भौगोलिक हिसाबमा बिरामीको अवस्था, लगायतका विविध विषयमा छलफल गरिएको थियो ।




सुदूरपश्चिममा सबै भन्दा बढी क्षयरोगका बिरामी कैलाली र कञ्चनपुर रहेका तर लक्ष्य अनुसार बिरामी पत्ता लगाउन नसकिएको स्वास्थ्य निर्देशनालय डोटीका क्षयकुष्ट अधिकृत मनोज ओझाले जानकारी दिए। सरकारले बर्षै पिच्छे बजेट घटाउनाले पनि चुनौति थपिएको बताए ।
यस्तै बरिष्ठ जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय प्रमुख रमेश कुँवरले व्यवस्थापन पक्ष केही फितलो र आफुहरु त्यसमा चुकिरहँदा लक्ष्य अनुसारको काम हुन नसकेको बताए ।
विश्वमा भारत चिनमा क्षयरोगको संक्रमणको अवस्था उच्च रहेको देखिन्छ । विश्वमा १ करोड ८ लाख क्षय रोगका बिरामी पत्ता लागेकोमा १२ लाख ५० हजारको क्षयरोगकै कारण मृत्यु हुने गरेको विवरण रहेको छ । नेपालमा भने ४० हजार ७ सय ७५ जना पत्ता लागेकोमा झण्डै १८ हजारको क्षयरोगका कारण मृत्यु भएको तथ्याङ्क रहेको छ ।

