

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले नि:शुल्क घाँसको बिउ वितरण गर्ने भएको छ । नगरपालिकाको पशु सेवा शाखाले वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाजरा घाँसको बिउ नि:शुल्क वितरण गर्ने भएको हो ।




आवश्यक कागजात सहित पायक पर्ने पशुपन्छि उपचार केन्द्रहरुमा चैत्र १७ गते भित्र सम्पर्क गर्न नगरपालिका भित्रका व्यवसायीक पशुपालन फार्म, पशुपन्छि पालक कृषक तथा समूहहरुलाई नगरपालिकाले आग्रह गरेको छ ।



