

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा ट्याक्टर र स्कुटी आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । म १ त १०२० नम्बरको ट्याक्टर सँग सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी ठोक्किँदा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरी गम्भीर घाइते भएका थिए ।




उनलाई घाइतेपछि उपचारका लागि धनगढीको मायामेट्रो अस्पतालमा भर्ना पुर्याइएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि भारतको भोजीपुरा रेफर गरियो ।


तर, भारत लैजानुअघि नै चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । दुर्घटनामा संलग्न स्कुटी चालक,४२ वर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

