पूर्वराजा ज्ञानेन्द्रले गोरखकाली मन्दिरमा विशेष पूजाआजा

पूर्वराजा ज्ञानेन्द्र शाहले आज गोरखाको ऐतिहासिक गोरखकाली मन्दिरमा विशेष पूजाआजा गरेका छन् । बिहान १० बजे गोरखा दरबार पुगेका उनले दरबार अवलोकन गर्दै मन्दिरमा विधिपूर्वक पूजा सम्पन्न गरेका हुन्।

शाह बिहान ९ बजे आबुखैरेनीबाट मोटरसाइकल र्‍यालीसहित गोरखा पुगेका थिए । उनको स्वागतमा स्थानीय शिवसेना समूह र समर्थकहरूको उपस्थिति देखिएको थियो। करिब दुई घण्टासम्म उनले मन्दिरमा पूजाआजा गरेपछि पुनः आबुखैरेनी फर्किएका छन् ।

गोरखकाली मन्दिर ऐतिहासिक तथा धार्मिक रूपमा महत्वपूर्ण स्थल हो । गोरखा दरबार परिसरमा अवस्थित यो मन्दिरलाई शाहवंशीय राजाहरूले विशेष रूपमा सम्मान गर्दै आएका छन् ।

स्थानीयवासीहरूका अनुसार पूर्वराजाको पूजाआजा धार्मिक आस्थासँगै सांस्कृतिक पक्षसँग पनि जोडिएको छ। पूर्वराजा शाहको भोलि मनकामना मन्दिरमा पूजाआजाको कार्यक्रम रहेको छ ।

Loading...