धनगढीको ६ लेन सडकमा पार्किङमा राखिएको ट्याङ्करमा अटो ठोकिदा ७ जना घाइते

धनगढी- धनगढीस्थित ६ लेन सडकमा पार्किङमा राखिएको ट्याङ्करमा अटो ठोकिएको छ । धनगढी उपमहानगरपालिका–४ सीपि अस्पताल अगाडि पार्किङमा राखिएको ट्याङ्करमा अटो ठोकिदा ७ जना घाइते भएका हुन् ।

Dadeldhura hospital

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले बिहीवार दिउसो ना ५ ख २४४७ नम्बरको ट्याङ्करमा धनगढी उपमहानगरपालिका ०२७० नम्बरको अटो पछाडिबाट ठोकिएको बताएको छ ।

Godawari sandesh
Navadurga sun

दुर्घटनामा अटो चालक, धनगढी उपमहानगरपालिका–२ का ५४ वर्षीय अशोक साउँद, धनगढी–३ की ५० वर्षीय लक्ष्मी शाही, धनगढी–१ की राजकुमारी चौधरी, सोही ठाउँकी ७० वर्षीय चन्द्र प्रभा श्रेष्ठ, धनगढी–८ की ४५ वर्षीय रामदेवी चौधरी र धनगढी–३ की चन्द्रा पाण्डे घाइते भएका छन् । उनीहरूको स्वस्तिक अस्पतालमा उपचार हुँदैछ ।

ट्याङ्करका चालक धनगढी उपमहानगरपालिका–४ का ४२ वर्षीय पुष्कर गुरुङ घाइतेहरूको उपचारमा छन् । सवारीहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...