अनेरास्ववियु दुर्गालक्ष्मी क्याम्पस कमिटीको अध्यक्षमा हरेन्द्र नाथ निर्वाचित 

अत्तरिया- अनेरास्ववियु दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले आयोजना गरेको दोस्रो क्याम्पस सम्मेलन बाट हरेन्द्र नाथ अध्यक्षमा निर्वाचित भएका हुन ।

कमिटीको उपाध्यक्ष मा कलावती ताम्राकार र निरज जोशी, सचिव दिपीका जोशी, कोषाध्यक्ष सृजना नाथ योगी, सह-सचिव रोशनी सिह, पार्वती बिक, धिरज बोगटी, लक्ष्मी वलि सङ्गठन प्रमुख प्रबिन मिजार, महिला प्रमुख भागरथि खड्का सहित २९ सदस्य कमिटी चयन भएको छ ।

Navadurga sun

कार्यक्रम छपेन्द्र नाथ योगीको सभाध्यक्षतामा सुरु भएको थियो भने प्रमुख अतिथि सङ्गठन का स्थायी कमिटी सदस्य एवम् सुप विश्वविद्यालय राष्ट्रिय कमिटी इन्चार्ज रोहित बम थिए ।

विशिष्ट अतिथि केन्द्रीय सदस्य एवम् सङ्गठन विभाग उप-प्रमुख किशोर शाह, अतिथि केन्द्रीय सदस्य यमराज जोशी, प्रदेश उपाध्यक्ष रोहित बोगटी, सुप बिबि राष्ट्रीय कमिटी संयाेजक गणेश नाथ योगी, जिल्ला अध्यक्ष कुबेर खड्का, जिल्ला उपाध्यक्ष पुष्पराज सुबेदी, प्रेस चौतारी नेपालका जिल्ला सह-सचिव धुर्व ओझा, राष्ट्रीय युवा संघ नेपाल केन्द्रीय सदस्य कल्पना ओझा जिल्ला सचिव उत्तम महरा लगायत क्याम्पसमा अध्ययन रत विद्यार्थीको उल्लेखनीय सहभागिता रहेकाे कार्यक्रमको सन्चालन हरेन्द्रले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...