कक्षाकोठा नहुँदा चौरमा पढ्न बाध्य

डोटी- डोटीको एक विद्यालयका विद्यार्थी कक्षाकोठा नहुँदा चौरमा उढ्न बाध्य भएका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका–५, काँडामाण्डौस्थित नवप्रभात आधारभूत विद्यालयका  विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् ।

विद्यालयमा कक्षाकोठाको अभाव भएपछि बर्सौंदेखि विद्यार्थीहरुलाइ नजिकै रहेको मालिका मन्दिरको प्राङ्गणमा अध्यापन गराउनु परेको  विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशीले बताए ।

Navadurga sun

२०४५ सालमा विद्यालयको स्थापना भए पनि हालसम्म विद्यालयमा आवश्यकता अनुसार भवन नभएको जोशीले बताए । ९२ जना विद्यार्थी सङ्ख्या रहेकोे सो विद्यालयमा २ वटा मात्र कक्षाकोठा छन् । विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म पढाइ हुन्छ ।  

“एउटा कोठामा विद्यालयको कार्यालय  सञ्चालन छ भने अर्को कोठा  कक्षा सञ्चालनका लागि रहेको छ ।  विद्यालयमा कक्षाकोठा नै नभएपछि विद्यार्थीलाई खुला आकाशमुनि चौरमा राखेर कक्षा सञ्चालन गर्ने  बाध्य भएका छौ,” प्रधानाध्यापक जोशीले भने,  “२०७९ कात्तिक २३ गते आएको भूकम्पले  भवनमा क्षति गरेको छ, टिनको जस्ता लगाएको दुई वटा कोठा त्यो पनि जीर्ण अवस्थामा रहेको  छ ।”

विद्यालयमा प्रयोग गर्न शौचालयसमेत छैन । विद्यार्थी, शिक्षक सबै खुला ठाउँमै शौच गर्न बाध्य छन् तर प्रदेश तथा स्थानीय सरकारसँग पटक पटक भवनको माग गर्दा पनि सुनुवाइ नभएको प्रधानाध्यापक जोशीले बताए ।  

ADD Khali jpg
ADD Khali jpg
Loading...