धनगढीको सीप मेलामा पुगे बागमतीका प्रदेश प्रमुख देवकोटा

धनगढी- धनगढीको सीप तथा रोजगार मेलामा प्रदेश प्रमुख दीपक देवकोटा पुगेका छन ।

बागमती प्रदेशका प्रमुख देवकोटाले धनगढीमा जारी सीप तथा स्वरोजगार मेलाको अवलोकन गर्न पुगेका हुन । गृह नगर आएको बेला उनले मेला अवलोकन गरेका छन् ।

मेला अवलोकनका क्रममा सीप सिक्दै गरेकाहरूसँग उनले आफ्नो अनुभव साटासाट गरेका छन् । प्रदेश प्रमुख देवकोटाले स्वरोजगार बन्ने सुझाव पनि दिएका छन । धनगढीमा होजियारी उद्योग सञ्चालन गर्दै आएका देवकोटाले रोजगार मेलामा सीप सिकेकालाई सिकेको सीप प्रयोगका लागि प्रेरित गर्न आयोजक धनगढी उपमहानगरपालिकालाई आग्रह गरे ।

प्रदेश प्रमुख देवकोटासँगै उनकी धर्मपत्नी एवम् उद्यमी रुक्मणि देवकोटा पनि सिप तथा रोजगार मेलामा पुगेकी छन् । धनगढी उपमहानगरपालिकाका नगर उप–प्रमुख कन्दकला रानाले प्रदेश प्रमुखलाई मेला अवलोकन गराएकी छन । धनगढी उपमहानगरपालिकाले एक महिना सम्म सिप तथा रोजगार मेला सञ्चालन गरेको छ । 

चैत ८ गतेसम्म मेला सञ्चालन हुने छ । मेलामा २९ विधामा एक सय ४० जनालाई सिप सिकाउन छनौट गरिएको थियो । तर, केहीले बिचमा छोडेका छन् ।

Loading...