डोटी बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी

डोटी- डोटी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) प्यानलले विजय हासिल गरेको छ ।

मंगलबार सम्पन्न निर्वाचनमा इन्द्र राणा नेतृत्वको प्यानल विजयी भएको हो । सभापति पदमा विजयी भएका राणाले २२१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका सुरेश रोकायाले ११० तथा अखिल क्रान्तिकारी/समाजवादीका साझा उम्मेदवार अजित सिंहले ८८ मत प्राप्त गरे ।

Dadeldhura hospital

सचिव पदमा नेविसंघका साजन रावल २१९ मत प्राप्त गरी विजयी भए । अखिल क्रान्तिकारी/समाजवादीका हरिस बोगटीले ११० तथा अनेरास्ववियुका मोहन ऐरले ९५ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदमा नेविसंघकी दीपा विष्ट २२० मत प्राप्त गर्दै निर्वाचित भइन् । अनेरास्ववियुकी ईश्वरी मलासीले ११५ तथा अखिल क्रान्तिकारीकी रुकमणी विष्टले ७७ मत प्राप्त गरे ।

त्यस्तै सदस्य पदमा विजयी हुनेहरू रविन्द्र भण्डारी २१३ मत, हरिस साउद २२९ मत, उषा धामी २२१ मत, धर्मसीं बम २२० मत र पुष्कर बोहरा २१८ मत प्राप्त गरेका हुन् ।

समानुपातिकतर्फ नेविसंघले २२० मत प्राप्त गर्‍यो, अनेरास्ववियुले १०१, अखिल क्रान्तिकारीले ७४ तथा अखिल समाजवादीले १६ मत प्राप्त गरे । डोटी बहुमुखी क्याम्पसमा कूल ५८० मतदाता रहेकोमा ४३१ मत खसेको थियो ।

Loading...