भारतमा मोटरसाइकल दुर्घटना हुँदा दार्चुलाका एक जनाको मृत्यु

भारतको राजस्थान स्थित जयपुरमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा दार्चुलाका एक जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा ३६ वर्षीय करन जोशीको रहेका छन् । 

शैल्यशिखर नगरपालिका–९ सिन्याडीका करन जोशी स्थानीय कृष्ण जोशीका अनुसार कामबाट घर फर्किँदै गर्दा दुर्घटना भएको हो । घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ । मृतक करनका घरमा आमाबुबा, पत्नी र तीन छोरी रहेको जानकारी प्राप्त भएको छ ।

Loading...