कैलालीमा ५ दिनदेखि बेपत्ता युवक मृत फेला

अत्तरिया- कैलालीमा पाँच दिन देखि बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन् ।

फागुन २८ गतेदेखि बेपत्ता भएका लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने २९ वर्षीय अजय स्वर्णाकार आइतवार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले स्वर्णाकार चुहाकै चिनी मिल अगाडि मृत भेटिएका हुन् । २८ गते घरबाट निस्किएका स्वर्णाकार सोही दिनदेखि बेपत्ता थिए ।

परिवारले स्वर्णाकारको खोजीका लागि भन्दै शनिबार मात्र इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए । सोही क्रममा स्वर्णाकार मृत भेटिएका थिए । उनको शव परीक्षणपछि परिवारले बुुझेको प्रहरीले जनाएको छ ।

Loading...