कैलालीको मोतीपुर चोकमा एक युवकमाथि कुटपिट

धनगढी- कैलालीको मोतपुरमा एक युवक माथि कुटपिट गरिएको छ ।

जिल्लाको लम्की चुहा नगरपालिका–२ मोतीपुर चोकमा शनिवार साँझ २८ वर्षीय कमल रावलमाथि कुटपिट भएको हो । उनको घर पछाडि ८/९ जना युवाहरूको समूहले रावलमाथि कुटपिट गरेका कैलाली प्रहरीले बताएको छ ।

रावलको दुबै खुट्टा र शरिरको भित्री भागमा चोट देखिएको छ । उनको उपचार जारी रहेको कैलाली प्रहरीले बताएको छ । शनिवार राति ८ बजेटको समयमा रावलमाथि युवाहरूको समूहले कुटपिट गरेको हो । युवाहरूको समूहले हतियार प्रयोग गरे–नगरेको विषयमा नखुलेको कैलाली प्रहरीले बताएको छ ।

रावलका आफन्त तथा स्थानीयहरूले आइतबार महेन्द्र राजमार्गमा प्रदर्शन गरेका छन् । उनीहरूले प्रहरी मूकदर्शक भएको आरोप लगाएका हुन ।

Loading...