धनगढीमा श्रीमतीसँगको विवादपछि एक जनाले आफ्नै नाडी काटे

धनगढी- कैलालीको धनगढीमा एक जनाले श्रीमतीसँगको विवादमा आफ्नै नाडी ब्लेडले काटेका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका–१० घर भएर धनगढी उपमहानगरपालिका–१ मा कोठा भाडामा बस्ने २३ वर्षीय रोहन परियारले श्रीमती रितुसँगको विवादमा ब्लेडले नाडी काटेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताएको छ ।

Loading...