



धनगढी- कैलालीमा गोहीको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको भजनी नगरपालिका–८ सोनाफाँटाका ४० वर्षीय गंगालु चौधरी गोहीको आक्रमणबाट घाइते भएका हुन ।


उनको हातमा गोहीले आक्रमण गरेको छ । पथरिया नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गरेको प्रहरीले बताएको छ । उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

