कैलालीमा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु

अत्तरिया- कैलालीको गादावरीमा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–३ चौकिडाँडामा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिवार राती अत्तरियाबाट महेन्द्रनगरतर्फ गइरहेको स्कारपियो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का सुदिप रानाको मृत्यु भएको हो ।

बा १७ च ९६४५ नम्बरको उक्त स्कारपियो दुर्घटना हुँदा राना घाइते भएका थिए । घाइते रानाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा राती नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए ।

Loading...