

अत्तरिया- मोहना नदिमा डुबेर २ जनाको मृत्यु भएको छ । शुक्रबार कैलालीको धनगढी उप-महानगरपालिका वडा नम्बर १९ फूलवारी बाइसघर स्थित मोहना नदिमा डुबेर १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।




शुक्रबार दिउँसो उनीहरु मोहना नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । डुबेर बेपत्ता भएको खवर पछि धनगढी नगर प्रहरी र शसस्त्र प्रहरीले बोटको प्रयोग गरि खोजीकार्य गरेको थियो । तर खोजीकार्यका क्रममा उनीहरु नदिमा मृत अवस्थामा भेटिएका थिए ।


खोजतलासको क्रममा दुवै जनाको शव बेपत्ता भएको स्थानभन्दा केही तल डुबेको अवस्थामा फेला परेको सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

