अछाममा ३ घरमा आगलागी

अछाम- अछाममा ३ घरमा आगलागी भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका–७ रिठेगाउँ बस्ने जोगी लुहारको २ तले कच्चि घरमा बिहीवार आगलागी भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोहि ठाउँ बस्ने दले लुहारको गाइगोठमा समेत आगलागी भएको हो । बच्चाहरुले नजिकैको खेतबारीमा बालेको आगो हावाहुरीका कारण दले लुहारको गोठमा सल्किदा उनका २ वटा गोठ पूर्ण रुपममा जली नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी अछामको मिल्लेख गाउँपालिका–२ डडाश्री बस्ने मन्नामे बुढाको २ तले कच्चि घरमा आगलागी हुँदा गोठमा रहेका २ वटा कुकुरका बच्चा जलेर मरेका प्रहरीले जनाएको छ । घरको चुलोमा बालेको आगोको झिल्का हावाले उडाइ कपडामा सल्कदा आगलागी भएको हो ।

उक्त आगलागीबाट बुढाको एक लाख पचास हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए ।

Loading...