

निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) को केन्द्रीय सचिवमा सुदूरपश्चिमका यज्ञराज हमाल (योगेन्द्र) निर्वाचित भएका छन् ।




गए राति सम्पन्न प्याब्सनको १६औं अधिवेशनमा उनले लोकप्रिय मतसहित ४०३ मत प्राप्त गरी विजयी भएका हुन् । हमाल २८ वर्ष देखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले संस्थागत विद्यालयहरूको हकहितका लागि प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।


हमाल गोदावरी-२ स्थित जनकल्याण इंग्लिस स्कुलका संस्थापक हुन् । शिक्षा क्षेत्रमा मात्रै नभई उनी विभिन्न सामाजिक संस्थाहरूमा पनि सक्रिय भूमिका खेल्दै आएका छन् ।

