

धनगढी- नेपाल पत्रकार महासङ्घ, कैलालीले पत्रकार आजुलाई दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेको छ । महासङ्घ, कैलालीले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रहरी अधिकृत माथि छानबिन गर्दै कारबाहीको माग गरेको हो ।




धनगढी उपमहानगरपालिका–८ को सभा गृह उद्घाटनका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकार आर्जुलाई दुर्व्यवहार गरेका थिए ।


पत्रकार महिलालाई दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीलाई कानुनी कारबाहीका लागि सम्बन्धीत निकायहरूसँग माग गरिएको हो । पत्रकार महासङ्घ, कैलालीमा आर्जुले सोमवार निवेदन दिएकी थिइन ।

