

धनगढी- नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेको व्यवस्था नचाहनेहरु आगोमा रोटी सिक्ने तर्फ लागेको बताएका छन् । सोमबार पार्टीको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।




अहिलेको व्यवस्था कहिले नचाहेकाहरुले अहिले रोटी सिक्ने तर्फ लागेका छन्, उनले भने । ‘तर, काँग्रेस त्यस तर्फ नलागेर आम नागरिकहरुको गुनासोहरु सम्बोधनमा लाग्नेछ ।’ व्यवस्था बद्ल्न साथ दिएको अवस्था परिवर्तन नहुँदा आक्रोस बढेको उनले बताए । काँग्रेसले लोकतान्त्रिक व्यवस्थाको विकल्प नखोज्ने बताए ।


‘अहिले एमाले नेतृत्वको सरकार रहेको छ । केहि समयपछि काँग्रेस नेतृत्वको सरकार बन्छ । त्यो अवसरलाई प्रयोग गरेर नागरिकहरुका बाचा पुरा गर्न तर्फ लाग्नुपर्दछ ।’
युद्ध, हिंसा व्यहोरदा पनि देशमा केहि कुरा बद्लिएकाृ थापाले बताए । उनले गएको २० बर्षमा युद्ध, हिंसा हुँदा पनि देशमा धेरै कुरा बद्लिएको बताए । ‘लोकतन्त्रको विकल्प नेपालीले खोज्ने छैन ।’ थापाले भने ‘यो व्यवस्था नै लोकतन्त्र हो । यो नै व्यवस्था गणतन्त्र हो ।’

