कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी-  कैलालीमा निङलाडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिवार भीमदत्त राजमार्गको चुरे गाउँपालिका–५ निङलाडीमा जिप दुर्घटना हुँदा चालक डोटीको सायल गाउँपालिका–४ भाङयारे बस्ने २२ वर्षीय शंकर बोगटीको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रित भएर दुर्घटनामा हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडकासायल गाउँपालिका–६ बस्ने १६वर्षीया कविता साउद रहेका छन् ।

Loading...