मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते

धनगढी- कैलालीको धनगढीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २ जना भाइते भएका छन् ।

शनिवार धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार स्थित से २ प ३५९० नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००१ प १४१९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त दुर्घटनामा कैलालीको कैलारी गाउँपालिका–६ का ४०वर्षीय रुपलाल चौधरी घाईते भएका हुन् ।

घाइते चौधरीलाइ उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–७ पटेला बस्ने ३४ वर्षीय पञ्चराम चौधरी र मोटरसाइकल पछाडी सवार उनकी श्रीमती ३० वर्षीया हसिना चौधरी रहेका छन् ।

घाइते दुबै जनाको नोभा असपताल धनगढी कैलालीमा उपचार भईरहेको जनाएको छ । सोही स्थनमा से २ प ७७४९ नम्बरको मोटरसाइकल समेत पल्टिएको अबस्थामा फेला परेको हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ४० वर्षीय चेतराज भण्डारीलाई समेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

Loading...