

कैलालीको धनगढीमा कांग्रेसका झन्डाहरु च्यातिएका छन् । प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन संचालन र सेवा शर्त सम्बन्धी कानुनको यहाँ आन्दोलन गरिरहेका विद्यार्थीहरूले कांग्रेस सभापति शेर बहादुर देउवाको स्वागतमा राखिएका झन्डा च्यातेका हुन ।




मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्दै उनीहरूले झन्डा च्यातेका हुन । सभापति देउवा पार्टीको प्रदेश अधिवेशनलाई सम्बोधन गर्न फागुन २६ गते धनगढी आउने कार्यक्रम छ ।


देउवा सहितका पदाधिकारीको स्वागतको लागि धनगढी एअरपोर्ट देखि धनगढी कार्यक्रम स्थल सम्म ठाउँ-ठाउँमा झन्डाहरू राखिएका छन् ।

