कैलालीको गोदावारीमा ३ महिने बिद्युत जडान तालिम सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा ३ महिने निःशुल्क रुपमा संचालित विद्युत जडान तालिम समापन भएको छ ।

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी र गोदावरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय अत्तरिया कैलालीको सहकार्यमा गोदावरी नगरपालिका वडा न‌ं. १ को सभाहलमा संचालित ३ महिने निःशुल्क विद्युत जडान तालिम आइतबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

उक्त समापन कार्यक्रममा गोदावरी नगरपालिका वडा नं.१ का वडा अध्यक्ष गोपाल दत्त भट्टको सभाध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर उप-प्रमुख शारदा देवी रोकाया रहेका थिइन्। त्यस्तै विशिष्ट अतिथिमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढीका कार्यालय प्रमुख भुवन राज पन्त रहनु भएको थियो ।

त्यस्तै प्रमुख अतिथि उप-प्रमुख रोकायाले आफूले सिकेको सीपलाई व्यवहारमा उतार्नु होला । प्रमाण पत्र थन्काएर त्यतिकै नबसी दिनुहोला काम चाँही गर्दै जानुहोला काम गर्दा बखत के आवश्यक पर्छ वडा र पालिकामा आउनु होला हामी त्यसलाई के-कसरी सम्बोधन गर्न सकिन्छ हामी गर्न तयार रहेको उहाँले बताउनु भयो । 

त्यस्तै कार्यक्रममा मन्तव्य दिनु हुँदै तालिम केन्द्रका प्रमुख पन्तले वैदेशिक रोजगारीमा जानेहरूका लागि पनि तालिम राम्रो माध्यम भएको बताए । कुनै पनि सीप सिकेर वैदेशिक रोजगारमा जाने हो भने तालिम लिएर प्रमाण पत्र हाँसिल गरेकाहरूको अवसर राम्रो हुने बताए । तालिम लिए पश्चात पनि विद्युत सम्बन्धी कार्यमा निरन्तर रुपमा लाग्नु पर्ने बताए । समाज रूपान्तरणसँगै जीवन स्तरमा सुधार ल्याउनका लागि विभिन्न प्रकारका सीप मूलक तालिम तथा व्यवसायिक तालिमहरूलाई निरन्तरता दिइने बताए ।

त्यसैगरी वडा नं.१ का वडा अध्यक्ष  भट्टले तालिम लाई आत्मसाथ भएर सिक्नु भएकोले तपाईले सिकेको सीप तालिमबाट जसलालाई सीप छ उसलाई सबै थोक छ भने झै तपाइले सिकेको कुराहरुलाई व्यवहारमा लागु गर्न सुझाव दिए । 

तालिम लिएका सहभागिहरुले नगरमा यस्ताे किसिमको तालिम सिक्न पाउँदा निक ग्रवाम्भित भएको बताए । उनिहरुले उक्ता तालिम बारे केही केही कुरा मात्र थाहा भएकाे यो तालिम लिए पश्चात हामीहरुले सबै कुराहरु सिक्ने माैका पाएका बताएका हुन् ।

त्यस्तै उक्त समापन कार्यक्रममा नगर उप-प्रमुखका स्वकीय सचिव धन बहादुर खड्का, व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका सकअ प्रकाश बहादुर बोहरा, प्रशिक्षक नरेश सिंह बिष्ट लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन गोदावरी नगरपालिकाका रोजगार संयोजक रोहित प्रसाद जोशीले गरेका थिए ।

Loading...