सुदूरपश्चिममा अहिलेकै सरकारले नयाँ बजेट ल्याउने: मुख्यमन्त्री शाह

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट अहिलेकै सरकारले ल्याउने स्पष्ट पारेका छन् ।

धनगढीमा आयोजित “समृद्ध सुदूरपश्चिम प्रदेश निर्माणमा प्रदेशसभा सदस्यको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेट निर्माण प्रक्रियामा सरकार प्रवेश गरिसकेको बताए ।

“कोही कतै द्विविधामा नपर्नुहोस्, अहिलेकै सरकारले नयाँ बजेट ल्याउनेछ । यो छलफल र संवाद पनि नयाँ बजेट निर्माणको सन्दर्भमै हो,” मुख्यमन्त्री शाहले भने ।

उनले सुदूरपश्चिम प्रदेश सरकार संघीय गठबन्धन सरह अघि बढ्ने उल्लेख गर्दै, संघीय सरकार रहँदा सम्म प्रदेश सरकार पनि निरन्तर रहने स्पष्ट गरे ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना डोटीले आयोजना गरेको कार्यक्रममा मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, मन्त्रालयका सचिवहरू, तथा प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विज्ञ गोपिनाथ मैनाली र जुद्ध बहादुर गुरुङले गरेका थिए ।

Loading...