दुर्गा भवानी टूर एण्ड ट्राभल्स प्रा.लि. को नयाँ कार्यालय उद्‌घाटन

धनगढी- श्री दुर्गा भवानी टूर एण्ड ट्राभल्स प्रा.लि. को नयाँ कार्यालय धनगढीमा उद्‌घाटन गरिएको छ । एक महिना देखि धनगढी–बैंगलोर बस सेवा सञ्चालन गरिरहेको यस टूर एण्ड ट्राभल्सले धनगढी–अत्तरिया ६ लेन सडक खण्ड अन्तर्गत धनगढी उपमहानगरपालिका–४, ट्राफिक चौराहमा कार्यालय स्थापना गरेको हो ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कार्यालय उद्‌घाटन गर्दै ट्राभल्स व्यवसाय सेवामुखी भएकाले यात्रुहरूको सुविधालाई ध्यानमा राखेर कार्य गर्नुपर्ने बताए। उनले प्रतिस्पर्धात्मक बजारमा सफल हुन सेवामा नवीनता आवश्यक रहेको धारणा राखे ।

Navadurga sun

होटल व्यवसायी महासंघ सुदूरपश्चिमका महासचिव तेज बहादुर बोहराले यात्रुहरूलाई सुरक्षित, सहज, र व्यवस्थित सेवा दिनु टूर एण्ड ट्राभल्सको प्रमुख दायित्व रहेको बताए ।

टूर एण्ड ट्राभल्सका अध्यक्ष दिपेन्द्र बहादुर पुजाराका अनुसार धनगढीबाट हरेक दिन छुट्ने एसीयुक्त बस गौरीफन्टा, पलिया कलाँ, भोपाल, हैदराबाद हुँदै बैंगलोर सम्म सञ्चालन हुनेछ । सोही मार्ग हुँदै धनगढी फर्कने सुविधा उपलब्ध छ । बस भाडा INR 2,800 निर्धारण गरिएको छ, जुन सस्तो र आरामदायी यात्रा हुने संचालक धर्मराज सेठ्ठीले बताए ।

संचालक धर्मराज सेठ्ठीका अनुसार छिट्टै महेन्द्रनगरदेखि बैंगलोर सम्म सेवा विस्तार गर्ने तथा नेपालका अन्य प्रदेशहरू र भारतका अन्य प्रमुख शहरहरूमा पनि बस सेवा सञ्चालन गर्ने योजना रहेको छ।

कार्यक्रमको सञ्चालन पत्रकार पाण्डव पुजाराले गरेका थिए । उद्‌घाटन समारोहमा विभिन्न व्यवसायी, यातायात क्षेत्रका प्रतिनिधि, तथा यात्रुहरू उपस्थित थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...