ट्रम्पले झण्डै १० हजार संघीय कर्मचारीलाई बर्खास्त गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै १० हजार संघीय कर्मचारीलाई बर्खास्त गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शुक्रबारसम्म ट्रम्पले झण्डै १० हजार कर्मचारीलाई बर्खास्त गरेका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवामा लगायत दर्जनौ विभागमा कार्यरत कर्मचारीहरू बर्खास्त गरिएको रोयटर्सको समाचारमा उल्लेख छ ।

Navadurga sun

बर्खास्तीमा पर्नेहरुमा अधिकांश परीक्षणकालमै रहेका कर्मचारीहरू रहेको भनिएको छ । बोस्टनको अदालतले कर्मचारीलाई निस्कासन गर्ने ट्रम्पको योजनामा यसअघि नै बाटो खुला गरिदिएको थियो । अदालतले ट्रम्प प्रशासनलाई इच्छुक कर्मचारीहरूलाई राजीनामा गराउने प्रक्रिया पुनः सुरू गर्न भनेको थियो।

यद्यपि ट्रम्पले उक्त प्रक्रियामा अब निरन्तरता नहुने भनेका थिए । ट्रम्प प्रशासनले यसअघि स्वेच्छिक राजीनामा गर्न भनेर संघीय कर्मचारीहरुलाई इमेल पठाएको थियो । स्वेच्छिक राजीनामा गर्दा आगामी सेप्टेम्बर महिनासम्म काम नगरी तलब दिइने आश्वासन पनि दिइएको थियो। त्यसरी इमेल पठाइएकामध्ये ७५ हजार कर्मचारीले राजीनामाको प्रस्ताव स्वीकार गर्दै इमेलको जबाफ फर्काएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...