पत्रकार महासंघ कैलाली शाखा सम्मानित

धनगढी- मानव सेवा आश्रम कैलालीले नेपाल पत्रकार महासंघ कैलालीलाई सम्मान गरेको छ । आश्रमले सञ्चालन गरिरहेको मानवता प्रवर्धन तथा महा अभियान सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको मानवीय स्मारक भवन निर्माणमा महासंघले सहयोग गरेबापत उक्त सम्मान प्रदान गरिएको हो ।

श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१ लाई सफल बनाउन कैलालीका मिडियाले संचारमाध्यमबाट दिएको सहयोगका लागि महासंघलाई सम्मान गरिएको मानव सेवा आश्रम मानवता प्रवर्धन महा अभियानका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । उनले नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवालाई सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।

Navadurga sun

मानव सेवा आश्रम कैलालीले माघ २३ गतेदेखि ३० गतेसम्म महायज्ञ आयोजना गरिरहेको छ । महायज्ञबाट संकलित रकम मानवीय स्मारक भवन निर्माणमा खर्च गरिने आश्रमले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...