कैलाली- बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले नि:शुल्क महाप्रस्थान यान संचालनमा ल्याएका छन् । शवलाई सम्मानजनक तरिकाले आर्यघाटसम्म पुर्याउने उद्देश्यका साथ महाप्रस्थान यान संचालनमा ल्याएको कुँवरले बताए । शव बोक्ने उपयुक्त वाहन नभएकाले आफन्तको मृत्यु भएर शोकमा डुबेका परिवारलाई सवारीसाधन खोज्न समस्या परेको अवस्थामा महाप्रस्थान यानले राहत दिने छ ।


साथै पालिकाले मृत्यु पश्चात् घरपरिवार लाई किरिया खर्च बापत जनही १० हजार नगद उपलब्ध गराउने अध्यक्ष कुँवरले बताए । पालिकाले मृत्यु पश्चात् आफ्ना नागरिकलाई सहज होस भन्ने उद्देश्यका साथ गाउँपालिकामा निर्णय भएको बताए । उनले घरपरिवारमा शोक परेको अवस्थाम केही राहत होस भन्ने उद्देश्यका साथ आफुहरुले सहयोग गर्न खोजेको बताए ।


शव बोक्न अरुले सवारीसाधन दिन नचाहने र उपयुक्त वाहन नहुँदा शवलाई सम्मानजनक रुपमा आर्यघाटसम्म पुर्याउन स्थानीयले भोगिरहेको समस्या देखेपछि बर्दगोरियाका अध्यक्ष कुँवरले महाप्रस्थान यान संचालन गरेको बताएका छन् । ‘परिवारको सदस्य गुमाएर शोकाकुल रहेका बेला पैसा तिरेर पनि शव बोक्ने साधन पाउन समस्या थियो । सम्मानजनक रुपमा आफन्तको शव आर्यघाटसम्म पुर्याउन सकुन् भनेर यो महाप्रस्थान यान संचालन गरेको अध्यक्ष कुँवरले बताए ।

महाप्रस्थान यानले लम्की चुहाको चिसापानी आर्यघाट, बर्दगोरियाको दमौरी आर्यघाट, र ६ वटै वडाका विभिन्न आर्यघाटसम्म शव पुर्याउन संचालन हुने छ । अब उपरान्त सर्वसधारणले आफन्तको शव यात्रा गर्न नि:शुल्क महाप्रस्थान यान प्रयोग गर्न पाउने छन् ।
अध्यक्ष ज्युको सचिवालय सम्पर्क फोन गर्ने बित्तिकै घरमै नि:शुल्क महाप्रस्थान यान पुग्ने छ । चालक, ईन्धन लगायत यानको सबै खर्च भने पालिकाले नै बेहोर्ने छन् । बर्दगोरिया गाउँपालिकाका बासिन्दाका लागि मात्र यो नि:शुल्क यान संचालन ल्याएको उनले बताए ।
यसैगरि पालिका अध्यक्ष कुँवरले प्रदेश स्वास्थ कार्यालयबाट प्राप्त एम्बुलेन्स बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ लाई हस्तान्तरण गरेका छन ।
हस्तान्तरण गर्दै अध्यक्ष कुँवरले भने बिकट जस्तो मानिएको वडा नम्बर ३ का नागरिकलाई स्वास्थ्यको पहुँचमा पुगाउन एम्बुलेन्स हस्तान्तरण गरेको बताए । उनले भने अब उपरान्त त्यस क्षेत्रका गर्भवती महिला लगायत जटिल खालका बिरामिलाई सहज हुने छ । आफुले वडा नम्बर ३ लाई विशेष प्राथमिकतामा राखेर बिकासका काम अगाडी बढाएको छु । पालिकाकै लगानिमा अलपत्र अवस्थामा रहेका २ वडा झुलुङ्गे पुल निर्माण गरेर आवतजावत गर्न सहज गर्यौ ।
यसका साथै काडा नदिमा पक्की पुल निर्माण सम्पन्न भएको छ भने कुहिरा नदिमा पक्की पुलको काम अन्तिम चरणमा छ । यो पुल बने पछि मोहन्याल र बर्दगोरिया वडा नम्बर ३ का जनतालाई आवतजावत गर्न सहज हुने छ ।





