चुरे गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन हुने

अत्तरिया- रास्ट्रव्यापि रुपमा माघ २२ देखि फाल्गुन ६ सम्म सञ्चालन हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान  चुरे गाउँपालिकामा माघ २२ देखि माघ २८ गतेसम्म सञ्चालन हुने भएको छ । यो अभियान विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरी लक्षित छ ।

चुरे गाउँपालिकामा ३४ वटा खोप केन्द्र र स्वास्थ्य संस्थाबाट खोप सेवा दिइने छ ।  मंङगलबार सम्पन्न पालिका स्तरीय सरोकारवालाको अभिमुखीकरण कार्यक्रममा  चुरेगाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी, उपाध्यक्ष  धना देबि थापा , प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, विभिन्न कार्यालयका प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, पत्रकार, विद्यार्थी, सुरक्षाकर्मी र सरोकारवालाहरूको उपस्थिति थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गजेन्द्र बहादुर बिष्टले अभियानको लक्ष्य र तथ्यांकबारे जानकारी दिँए । उनका अनुसार नेपालमा हरेक वर्ष औसतमा २२ सय महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्ने र यस रोगका कारण दैनिक चार महिलाको मृत्यु हुने तथ्यांक रहेको छ ।

Dadeldhura hospital

स्वास्थ्य शाखा प्रमुखले HPV का २०० भन्दा बढी प्रजाति रहेको र सो मध्य HPV का १६ र १८ प्रजातिका ले क्यान्सर गराउने बताए । यसको रोकथामका उपायहरूमा पहिलो चरणमा खोप, दोस्रो चरणमा ३० देखि ४९ वर्ष उमेरका महिलाको पाठेघरको जाँच, र तेस्रो चरणमा उपचार गर्ने विधि समावेश रहेको जानकारी दिए। उनका अनुसार खोप ९८ देखि १०० प्रतिशतसम्म सुरक्षित रहेको र एक पटक मात्र लगाउन पर्याप्त हुन्छ ।

गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि यो खोप अभियानले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउँदै अभियान सफल बनाउन सबै सरोकारवालाले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भने, “हामीले लक्षित समूहका सबै बालिकाहरूलाई खोपको पहुँच पुर्‍याउन विशेष ध्यान दिनुपर्छ।”

कार्यक्रमकी विशिष्ट अतिथि उपाध्यक्ष धना देबि थापा  यो अभियानले आगामी पुस्ताका किशोरीहरूको स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गर्दै सबैले खोप अभियानमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, “यो खोप अभियान सफल बनाउनका लागि कुनै पनि किशोरी छुट्न नहुने गरी सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।”

नेपालमा पहिलोपटक २०७३/०७४ मा चितवन र कास्की जिल्लामा यस खोप अभियानको परीक्षण गरिएको थियो । यो खोप अभियानलाई सफल बनाउन चुरे गाउँपालिकाले माघ २२ देखि २८ गतेसम्म सक्रिय रूपमा सञ्चालन गर्ने योजना बनाएको छ ।

 

Loading...