गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रतिनिधि सभाको समितिमा छलफल

अत्तरिया- कैलालीको गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रतिनिधि सभाको समितिमा छलफल सुरु भएको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विषयमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको हो ।

Dadeldhura hospital

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधन कर्तासँग छलफल थालिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको कुरामा सबैले प्रतिबद्धता जनाएको बताएकी छन् ।

Navadurga sun
Godawari sandesh

उनले स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आम रूपमा उठेको र संसदमा सबैले प्रतिबद्धता पनि जनाएको भन्दै सबैले एकजुट भएर विश्वविद्यालय निर्माण गरेर जानुपर्ने बताएकी हुन । लामो समय देखि बैठक र सभा हुन नसकेको सिटिइभिटीले दुवै बैठक राखेको भन्दै यसलाई नियमित गर्ने प्रयास गरेको पनि बताइन् ।

समिति सभापति अम्मर बहादुर थापाले समितिबाट निर्देशन भएर गएको विषयको प्रगतिबारे अनिवार्य रूपमा जानकारी गराउनु पर्ने बताएका छन । ‘जे कुराको समितिले निर्णय गरेर पठाउँछु । त्यो कुराहरूको के कस्तो प्रगति भएको छ, छैन वा गर्दै छौ भन्ने कुराको पनि जानकारी समितिमा आउनुपर्छ । यो मन्त्री ज्यूलाई एउटा मेरो आग्रह छ,’ थापाले भने ।

Loading...