धनगढी- नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भरत शाह निर्वाचित भएका छन् । उनी मिन बमलाई पराजित गर्दै पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै महासचिवमा शिवराज भट्ट निर्वाचित भएका छन् । उनी हरि जोशीलाई पराजित गर्दै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको महासचिव पदमा निर्वाचित भएका हुन् ।