

धनगढी- सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घको निर्वाचनमा अध्यक्षको लागि ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा केशव राज जोशी, भरत बहादुर साउद र मीन बहादुर बमको उम्मेदवारी परेको हो ।




उपाध्यक्षमा मान बहादुर साउद र राम धामीको उम्मेदवारी परेको थियो । महिला उपाध्यक्षमा कालिमैया चौधरी र हेमन्ती डगौरा चौधरी, महासचिवमा शिवराज भट्ट र हरि जोशीको उम्मेदवारी परेको छ ।


सचिवमा धनराज साउद भुवनेश्वर प्रसाद बोहरा, शैलेन्द्र रोकायाको उम्मेदवारी पर्दा सचिव समावेशीमा इन्द्रा कुमारी केसी मुकेश टेर्रा र रमेश परियारको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा वरुण पनेरु र हर्क बहादुर विक उम्मेदवार बनेका छन् ।
प्रदेश सदस्यमा अर्जुन बहादुर सिंह, आशिष बहादुर सिंह, केशव दत्त भट्ट, कृत बहादुर विष्ट, जनार्दन उपाध्याय, दिनेश बहादुर कठायत, पदम बहादुर बोहरा, वासुदेव भट्ट, रमेश कुमार केसी, लिलाजंग शाही र सुभाष कठायत उम्मेदवार छन् ।

