धनगढी- धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।
नगरप्रमुख हमालका भाइ श्याम हमालले दिएको जानकारी अनुसार अहिले दिल्लीको साकेतस्थित म्याक्स अस्पतालको न्युरोइन्टेन्सिभ केयर आइसीयू र स्ट्रोक युनिटमा नगरप्रमुख हमालको उपचार भइरहेको छ । उपचारको क्रममा चिकित्सकहरूले विभिन्न परीक्षणहरू गरिरहेको श्याम हमालले बताए ।

चिकित्सकहरुले उनलाई ४८ घण्टा निगरानीमा राखेर त्यसपछि आगामी उपचार प्रक्रिया निर्धारण गर्ने नगरप्रमुखका भाइ श्यामले बताए । हिजो माया मेट्रो अस्पताल धनगढीबाट दिल्ली लगिएको थियो । नगर प्रमुख हमालको नशामा समस्या देखिए पछि दिल्ली लगिएको हो ।
नगरप्रमुखका भाइ श्यामले भने, ‘नशा सुन्निएपछि उनलाई थप उपचारका लागि दिल्ली लगिएको हो । अहिले अवस्था स्थिर छ । भोलि आउने रिपोर्टले मात्र थप स्वास्थ्य अवस्थाको बारेमा जानकारी हुनेछ ।’ साथै नगरप्रमुख हमालले सामान्य अवस्थामा जस्तै कुराकानी गरिरहेको भाइ श्यामले बताए ।
