बाजुरामा हुने उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा

धनगढी- सुदूरपश्चिम प्रदेशमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिममा रिक्त रहेका पाँच स्थानमा पाँच वटा पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतपत्र सहितका निर्वाचन सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याइसकेको जानकारी दिए ।

‘‘निर्वाचन अधिकृतले १३ गतेदेखि मतदानस्थलमा कर्मचारी खटाउनुहुन्छ,’’ उनले भने, ‘‘सोही राति १२ बजेदेखि मौन अवधि पनि सुरु हुन्छ ।’’ निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न पाइँदैन । पाँच वटा वडा अध्यक्षका लागि हुने उपनिर्वाचनका लागि १८ वटा मतदान केन्द्र तोकिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

बाजुराको स्वामीकात्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । त्यहाँ सात हजार चार सय ६० मतदाता छन् भने पाँच मतदान केन्द्र तोकिएको छ । त्यहाँ नेपाल प्रहरीले शान्ति सुरक्षाको कडा व्यवस्था गरेको जनाएको छ ।

एसपीको नेतृत्वमा एक सय ३५ जना सुरक्षाकर्मी मतदान स्थलमा खटाइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उनले भने, ‘‘केन्द्रको सुरक्षा योजना अनुसार निर्वाचन हुने सबै मतदान स्थलमा सुरक्षाकर्मी खटाइसकेका छौं, सुरक्षा व्यवस्था कडा गरिएको छ ।’’ यस प्रदेशको कञ्चनपुर, डोटी, दार्चुला, बाजुरा जिल्लामा एक उपाध्यक्ष र चार जना वडाध्यक्षका लागि निर्वाचन हुँदैछ ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भने १२ जना बिच प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेसबाट प्रकाश चन्द, नेकपा (एमाले)बाट बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुशिलकुमार भट्ट, जनमत पार्टीबाट यादव बहादुर चन्द, नेकपा (एकीकृत समाजवादी) बाट जितेन्द्र बहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिष डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाट थानेश्वर लेखक चुनावी प्रतिस्पर्धामा छन् । त्यहाँ कांग्रेसबाट निर्वाचित महेन्द्र खड्काको २०८० पुसमा मृत्यु भएको थियो ।

Loading...