सामाजिक सञ्जाल दुरुपयोगले समाज विषाक्त भयोः नगरप्रमुख हमाल

धनगढी- धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले सामाजिक सञ्जालको दुरुपयोग भए समाजमा अराजकता बढ्ने बताएका छन्।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ–२०२४’ अन्तर्गतको ‘सामाजिक सञ्जालः दुईधारे तरबार’ विषयक सत्रमा बोल्दै उनले सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको औंल्याए।
उनले नेपाली समाज सामाजिक सञ्जालकै दुरुपयोगका कारण विषाक्त बन्न पुगेको टिप्पणी गरे ।

Navadurga sun

‘धेरै मान्छेहरू सामाजिक सञ्जालमा चटक देखाउने कुरामा मात्र लागेँ,’ उनले भने, ‘यसले नेपाली समाजलाई विषाक्त बनाएको छ।’ सामाजिक सञ्जालमा पनि सक्रिय नगरप्रमुख हमालले यसको सदुपयोग गरेर धनगढी उपमहानगरपालिकाले सेवा प्रवाह गरिरहेको बताए। ‘हामी सामाजिक सञ्जालबाटै जनताको गुनासोहरू थाहा पाउँछौं। ती गुनासोलाई सूचनाको रुपमा लिन्छौं,’ उनले भने, ‘हाम्रो कामकारबाही पनि त्यहिअनुसार सञ्चालन गछौं।’

सामाजिक सञ्जालमा गहिराइमा पुगेर बास्तविक कुरा मात्रै सम्प्रेषण गनुपर्ने उनले सुनाए। सामाजिक सञ्जालबाटै जनताका गुनासो सुनेर उपमहानगरपालिकाले सेवाप्रवाहमा सुधार गर्ने गरेको उनले बताए। सामाजिक सञ्जालकै दुरुपायोगका कारण देश र समाजप्रति बालबालिकाको नकारात्मक धारणा बनेको उनले औंल्याए। ‘नागरिकले राज्यलाई नपत्याउने अवस्था आएको छ।

राज्यको कुनै कुरा स्वीकार्न नागरिक तयार छैनन,’ मेयर हमालले थपे, ‘यो गम्भीर अवस्था हो। जनताको आवश्यकता र चाहाना बुझेर राजनीतिक नेतृत्वअघि बढनुपर्छ।’ राजनीतिक दल र नेतृत्वले पनि गलत कुरा मात्रै सिकाएको आरोप उनले लगाए। ‘दलहरू भत्काउनुपर्छ, ठोक्नुपर्छ मात्र भन्छन् यसले पनि समाजमा नकारात्मक धारणा बढेको हो,’ उनले भने।

अर्को प्रसंगमा नगरप्रमुख हमालले स्वतन्त्र उम्मेदवारले चुनाव जितेर भन्दा पनि नागरिक स्वतन्त्र भए मात्र मुलुक परिवर्तन हुने बताए। ‘नागरिकले चुनावको दिनमा नेता भन्दा पनि देशको मुख हेर्छु भनेर मतदान गर्नुपर्छ,’ उनले भने, ‘हर्क साम्पाङ, बालेन शाहले चुनाव जितेर मात्र देश विकास हुँदैन।’ हमालले पनि स्वतन्त्र उमेदवारी दिएर निर्वाचन जितेका थिए। नेतृत्वको लोभ र डर त्यागेर काम गर्न सके देश विकास हुने उनले औंल्याए । कान्तिपुरबाट

ADD Khali jpg
ADD Khali jpg
Loading...