

काठमाण्डौँ- पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । शुक्रबार पत्रकार महासंघ केन्द्रीय कार्यसमिति समक्ष राजीनामा बुझाएका हुन् ।



आगामी असोज १२ गतेका लागि तोकिएको महासंघको निर्वाचन हुन नसक्नुका सबै कमजोरीको नैतिक जिम्मेवारी लिँदै आफूले पदबाट राजीनामा दिएको बताएका छन् । यस अघि गत भदौ २४ गते महासंघका अध्यक्ष विपुल पोखरेलले पनि तोकिएको समयमा निर्वाचन गर्न नसकिएको भन्दै राजीनामा दिएका थिए ।


उनको राजीनामापछि कार्यावाहक तोकिएका विष्टले शुक्रबार केन्द्रीय कार्यसमितिलाई राजीनामा बुझाएका हुन्। उनले राजीनामापत्रमा भनेका छन्, ‘पत्रकारीता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पु-याउने गलत अभ्यास हुर्किदै जानु लज्जाको विषय हो ।
संगठनहरुको दवावमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भिर भुल भएको स्वीकार गर्नु पर्दछ ।’





