पत्रकार महासंघको चुनाव फेरि स्थगित

काठमाडौं-  नेपाल पत्रकार महासंघको निर्वाचन फेरि पनि स्थगित भएको छ । तेस्रो पटकसम्म तोकिएको मितिमा महासंघको निर्वाचन हुन नसकेका बेला महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट नेतृत्वको टिमले असोज १२ गतेका लागि मिति तोकेमो फेरि पनि तोकिएको मितिमा निर्वाचन हुन नसक्ने भएपछि निर्वाचन स्थगित भएको हो ।

महासंघका ५६ जिल्ला शाखाका अध्यक्षले असोज १२ गतेका लागि तोकिएको महासंघको निर्वाचन स्थगित गर्नुपर्ने र प्रदेश तथा जिल्ला अध्यक्षको भेला बोलाउनुपर्ने भन्दै संयुक्त रुपमा विज्ञप्ती जारी दबाब दिएपछि महासंघ तोकिएको मितिमा निर्वाचन गर्न असफल भएको हो ।

Navadurga sun

असोज १२ गतेका लागि निर्वाचन तय भएर पनि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको थियो भने मतदाता नामावली समेत सार्वजनिक भइसकेको थियो ।

नेपाल पत्रकार महासंघको विधानको धरा ३५ मा निर्वाचन समिति र कार्यविधिको व्यवस्था रहेको छ । धारा ३५ को उपधारा ७ मा हरेक तेस्रो वर्षमा निर्वाचन हुने व्यवस्था छ ।

औचित्य पुष्टि हुने गरी विशेष अवस्था उत्पन्न भएमा केन्द्रीय समितिले ३ वर्ष पुगेको दिनदेखि पहिलो पटक बढमिा ६ महिना भित्र निर्वाचनका लागि अर्को दिन तोक्ने व्यवस्था छ ।

सरी मिति तौक्दा पनि विविध कारणले काबु बाहिरको अवस्था सिर्जना भई निर्वाचन गर्न असम्भव भएमा प्रदेश र जिल्ला अध्यक्ष सम्मिलित राष्ट्रिय भेला आयोजना गरेर त्यसै भेलाको निर्णयबाट समितिले गरेका काम कारवाहीबारे आवश्यक निर्णय गर्नुका साथै बढमिा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोकिने व्यवस्था छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...